नियम ८१
समिति बा लेखा सुपरीवेक्षण समितिमा रहन नसक्ने
:ः (१) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सहकारी संस्थाको दर्ता तथा नियमन सम्बन्धी कार्यमा प्रत्यक्षरुपमा संलग्न निर्वाचित वा मनोनयन हुने सार्वजनिक पदमा बहाल रहेको पदाधिकारी वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कार्यालय वा निकायमा कार्यरत कर्मचारी सहकारी संस्थाको समिति वा लेखा सुपरीवेक्षण समितिमा निर्वाचित वा मनोनीत हुन सक्ने छैन ।
(२) यो नियम प्रारम्भ हुँदाका बखत उपनियम (१) मा उल्लिखित पदाधिकारी वा कर्मचारी कुनै सहकारी संस्थाको समिति वा लेखा सुपरीवेक्षण समितिमा र सहकारी संस्थाको नियमन गर्ने निकायमा रहेछ भने यो नियम प्रारम्भ भएको मितिले छ महिनाभित्र समिति वा लेखा सुपरीवेक्षण समिति वा त्यस्तो निकायमध्ये कुनै एकबाट अलग हुनु पर्नेछ ।